PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश ७ मा २ जना प्रदेश सदस्य कुर्दै मतदान अधिकृत



पहिलोपोस्ट

प्रदेश ७ मा २ जना प्रदेश सदस्य कुर्दै मतदान अधिकृत

काठमाडौं: प्रदेश ७ मा प्रदेशका २ सदस्यबाहेक सबैले मतदान गरिसकेका छन्। २ सदस्यका लागि ३ बजेसम्म कुर्ने र ४ बजे मतगणना सुरु हुने डोटी निर्वाचन कार्यालयका अधिकृत नन्दीराज ओझाले जानकारी दिए।

प्रदेश सदस्य ५३ जना रहेकोमा ५१ जनाले मतदान गरिसकेका छन् भने स्थानीय तहका १७६ जना मतदाता सबैले मतदान गरिसकेका छन्।

यस प्रदेशमा दलित १ र अपांगता भएका वा अल्पसंख्यक समूदायका १ गरी २ जनाको लागि मात्र निर्वाचन भएको हो। अरु ६ जना निर्विरोध निर्वाचित भइसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell