
काठमाडौंः राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ३ र ६ मा शतप्रतिशत मतदान भएको छ।
प्रदेश ३ मा ललितपुरको जाउलाखेल मैदानमा बिहान सवा १० बाट सुरु भएको मतदान साढे २ मा सकियो।
मतदानमा प्रदेश सभा र स्थानीय तहका गरी ३४८ मतदाता रहेकोमा सबैजनाले मत खसालेको निर्वाचत कार्यालय अधिकृत सीता साम्वाले जानकारी दिइन्।
सर्वदलीय बैठक बसेलगत्तै मतगणनाको समय तय हुने उनले बताइन्।
प्रदेश ६ मा जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो। मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित (ख) केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार चुनावमा नेकपा (एमाले)बाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद छ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए।