PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ मा आफ्नो उम्मेदवार नरहेको भन्दै तुम्बाहाम्फेले गरे मतदान बहिस्कार



अनन्तराज न्यौपाने

प्रदेश १ मा आफ्नो उम्मेदवार नरहेको भन्दै तुम्बाहाम्फेले गरे मतदान बहिस्कार

विराटनगरः प्रदेश १–मा राष्ट्रियसभाको निर्वाचन विराटनगरस्थित वीरेन्द्र सभागृहमा सम्पन्न भएको छ। 

बिहान १० बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो। प्रदेश सभा १–का ९३ सांसद् मध्ये ९२ जनाले मतदान गरेका छन्।

ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फेले आफ्नो पार्टीको उम्मेदवार कोही नभएको भन्दै मतदान गरेनन्।

‘आफ्नो दलको उम्मेदवार भए पो मतदान गर्न गएको पनि सार्थक हुन्छ’, उनले भने, ‘अरू पार्टीका लाई भोट हाल्न किन जानु?’

त्यस्तै एक सय ३७ स्थानीय तहका २ सय ७४ प्रतिनिधि मध्ये २ सय ७२ जनाले मतदान गरे। संखुवासभा जिल्लाको  मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको गत महिना एक दुर्घटनामा मृत्यु भइसकेको थियो। 

त्यस्तै ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी सावाँ पनि मतदानमा सहभागी भइनन्। 

प्रदेश–१ बाट राष्ट्रिय सभामा चुनिने ८ सांसद्मध्ये ६ जनो यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी २ जनाका लागि निर्वाचन गरिएको हो। 

अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु तथा दलितबाट वाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका विन विश्वकर्मा प्रतिस्पर्धामा छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell