काठमाडौं: सिन्धुपाल्चोकमा निर्माण भइरहेको माझी बस्ती सहयोगार्थ कान्छी सांगीतिक साँझ सम्पन्न भयो। फिल्म कान्छी युनिट तथा श्वेताश्री फाउन्डेसनको आयोजनामा मंगलबार कार्यक्रम भएको हो।
कार्यक्रममा नृत्य निर्देशक बसन्तकुमार श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। उनलाई अभिनेत्री श्वेता खड्काले ५१ हजार रकम हस्तान्तरण गरिन्। त्यस्तै नेपालको बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई श्वेताश्री फाउन्डेशनले विशेष सम्मान गर्यो। युवा फिल्म सम्पादक भूपेन्द्र अधिकारी र माझी बस्ती निर्माणमा सक्रिय रुपमा लागि परेका यज्ञाराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो भने संगीतकार राजनराज सिवाकोटीलाई सम्मान स्वरुप बाइक प्रदान गरियो।
कार्यक्रममा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने, आकाश अधिकारी, नायिका मरिस्का पोखरेल, धर्मेन्द्र सेवन, युवराज चौंलागाईं, माण्डवी त्रिपाठी, जितु नेपाल र सन्दिप क्षेत्रीले प्रस्तुति दिए।