काठमाडौं: भ्यालेन्टाइन्स डे विशेष नाटक 'म रोज' मञ्चन हुने भएको छ। विहीबारदेखि काठमाडौंको शिल्पी थिएटरमा अमेजन इन्टरटेन्मेन्टले प्रस्तुति रहेको उक्त नाटक मञ्चन सुरु हुने भएको हो।
कमल खतिवडाको लेखन तथा निर्देशन रहेको नाटकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, मोडल तथा कोरियोग्राफर हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्का आदि कलाकारले अभिनय गर्नेछन्।
बियोगन्त प्रेम कथामा आधारित उक्त नाटक भोलि विहीबारदेखि तीन दिन मञ्चन हुने निर्देशक कमल खतिवडाले बताए।