PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश–१ मा वाम गठबन्धनका राई र नेपाली विजयी



अनन्तराज न्यौपाने

प्रदेश–१ मा वाम गठबन्धनका राई र नेपाली विजयी

विराटनगरः प्रदेश १– बाट राष्ट्रियसभाको निर्वाचनमा अपाङ्गता भएका वा अल्पसङ्ख्यकबाट अगमप्रसाद बान्तवा राई र दलितबाट खेम नेपाली निर्वाचित भएका छन्। विजयी राई र नेपाली दुबै नेकपा एमालेका उम्मेदवार हुन्। 

निर्वाचन कार्यालयका अनुसार बान्तवाले ६ हजार १ सय ३८ मत र उनका स्पर्धी नेपाली कांग्रेसका महेश जाजूले २ हजार ८ सय ९८ मत प्राप्त गरेका छन्।

त्यस्तै दलिततर्फका नेपालीले ६ हजार २ सय ७० र उनका स्पर्धी कांग्रेसका बिन विश्वकर्माले २ हजार ८ सय ३२ मत प्राप्त गरेका थिए।  

यसअघि महिला र खुलातर्फको निर्वाचनमा ३÷३ जना निर्विरोध निर्वाचित भएका थिए। 

महिलातर्फ कृषि विकास राज्य मन्त्रीसमेत रहेकी काङ्ग्रेसका सरिता प्रसाईं, एमालेका नैनकला ओझा र माओवादी केन्द्रका बिना पोखरेल तथा खुलातर्फबाट काङ्ग्रेसका रमेशजङ्ग रायमाझी तथा एमालेका हरिचरण शिवाकोटी र परशु मेघी गुरुङ निर्वाचित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell