PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

प्रदेश ७ मा एमाले र माओवादीको उम्मेदवार विजयी



पहिलोपोस्ट

प्रदेश ७ मा एमाले र माओवादीको उम्मेदवार विजयी
फोटो श्रोत: चक्रप्रसाद स्नेहीको फेसबुकबाट

काठमाडौं: दुई राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन भएको प्रदेश नम्बर ७ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन। एक दलित र एक अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यहरुको लागि निर्वाचन भएको थियो। 

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका छन भने अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यमा नेकपा माओबादी केन्द्रका महेश कुमार महरा निर्वाचित भएका छन। 

दलित सदस्यमा बिजयी स्नेहीले ३ हजार ७ सय ८ मत प्राप्त गरे भने उनका प्रस्तिप्रधी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार आठ सय ९० मत पाए। 

अल्पसंख्यक सदस्यमा बिजयी महराले ३ हजार सात सय ८ मत पाए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छत्रराज जोशीले १ हजार ९ सय ८ मत ल्याए। 

यस प्रदेशमा ३ महिला सदस्य र ३ खुल्ला गरी ६ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन।

यी हुन् निर्विरोध निर्वाचित 


बद्री पाण्डे कांग्रेस
शेरबहादुर कुँवर एमाले
हरिराम चौधरी माओवादी
तारादेवी भट्ट कांग्रेस
इन्दु कडरिया एमाले
कमलाकुमारी ओली एमाले

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell