PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

प्रदेश ३ मा कांग्रेसलाई २ सिट, अरु सबै वाम गठबन्धनका उम्मेदवार विजयी



पहिलोपोस्ट

प्रदेश ३ मा कांग्रेसलाई २ सिट, अरु सबै वाम गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं: राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश ३ बाट कांग्रेसले २ स्थानमा जित हासिल गरेको छ।

८ सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी २, ५५६ मतसहित विजयी भए। त्यसैगरी कांग्रेसकी धनकुमारी खतिवडा महिलाबाट विजयी भइन्।

अन्य ६ पदमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका रामबहादुर थापा बादल ३,३९६ मतसहित विजयी भए भने नेकपा एमालेका बलराम प्रसाद बास्कोटा ३,४४४ मतका साथ विजयी भए।

एमालेकी दिलकुमारी रावल थापा र उदया शर्मा महिलाबाट विजयी भइन्।

दलितबाट एमालेका सिंहबहादुर विक विजयी भए भने अपाङ्गता भएको व्यक्ति वा अल्पसङ्ख्यक एमालेकै रामचन्द्र विजयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell