
पोखरा: राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कूल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली कांग्रेसका बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएकी छन्।
त्यस्तै, दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन्। अन्य समूहका विजेता तीन जनामा कांग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा छन्।
अपाङ्गतर्फबाट कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए।