PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

१४ वर्षीया काजल चार महिनादेखि बेपत्ता



राधेश्याम पटेल

१४ वर्षीया काजल चार महिनादेखि बेपत्ता

वीरगंज: पर्साकी एक १४ वर्षीया बालिका चार महिनादेखि बेपत्ता भएको भन्दै उनका अभिभावकले पत्रकार सम्मेलन गरी खोजीदिन आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा पत्रकार सम्मेलन गरी काजलकुमारी गिरी बेपत्ता भएको र उनलाई खोजिदिन उनका हजुरबुवा र हजुरआमाले आग्रह गरेका हुन्।

काजललाई प्रहरीकै सहयोगमा बेपत्ता बनाएको  काजलका हजुरबुवा शारदा गिरीले आरोप लगाए।

सखुवाप्रसौनी ५ महुवनका ३० वर्षीय प्रेम बैठाले उनलाई भगाएको गिरीको आरोप रहेको छ।  बैठा सिन्धुलीस्थित नेपाल प्रहरीको मध्य क्षेत्रीय केन्द्र दुधौलीमा परिचरमा पदमा कार्यरत रहेका छन्।

काजललाई असोज २९ गते विहान १ बजेको समयमा घरबाट भगाई हालसम्म बेपत्ता बनाएको काजलका हजुरबुवा गिरीले आरोप लगाए।

काजलका बुवालाई २०६१ मा तत्कालीन माओवादीले हत्या गरेको थियो भने उनको आमाको मृत्यु भइसकेको छ।

‘प्रहरीले खासै चासो दिएको छैन,’हजुरबुवा शारदाले भने।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी राजन लिम्बुले जाहेरीको सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell