PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

'हुर्रे'को ट्रेलर रिलिज, होला राजनराज सिवाकोटीको अभियन डेब्यु?



पहिलोपोस्ट

'हुर्रे'को ट्रेलर रिलिज, होला राजनराज सिवाकोटीको अभियन डेब्यु?

काठमाडौं: फिल्म 'हुर्रे'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्यबमार्फत फिल्म युनिटले ट्रेलर रिलिज गरेको हो। जसमा मुख्य कलाकारहरु केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल, विजय बराल र अनुपविक्रम शाही फिचर्ड छन्। उक्त फस्टलुक पोष्टरमार्फत फिल्मका कलाकारहरुको पात्र परिचय गराइएको छ।

ट्रेलरमा संगीतकर्मी राजनराज सिवाकोटी पनि देखिएका छन्। उनको यो फिल्ममा कस्तो र कति भूमिका छ भन्ने बारे यसअघि फिल्म युनिट बोलेको छैन। उनले संगीत दिएको गीत ‘ठेकीमा दही’ भने युट्युबमा रुचाइएको छ।

हुर्रेमा केकी फूल बेच्ने युवतीको रुपमा देखिएकी छिन् जो एकभन्दा बढी युवासँग प्रेमको नाटक गर्छिन्।

कमेडी जनराको फिल्ममा लेखन तथा निर्देशन यम थापाको रहेको छ। दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुतिमा तयार भएको फिल्म ‘हुर्रे’मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी रहेको छ भने सहनिर्माताको रुपमा अरुण सेदाई रहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell