
सोल: उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ। दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ।
यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ। उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत गरेको समाचारमा जनाइएको छ।
यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन।
दक्षिण कोरियाको समाचार स्रोतले भन्यो– हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ।
बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ।
यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन। उसले यसअघि नै आलम्पिकको पूर्व सन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो।