
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिले खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियाको २ विकेट झारिसकेको छ। दुवै विकेट सोमपाल कामीले लिएका हुन्।
उनले पहिलो ओभरमै एलपी भान डेर वेस्थुइजन १ रनमै बोल्ड आउट गरेका थिए।
यसैगरी अर्को ओपनर स्टेफान बार्डलाई पाँचौ ओभरको दोस्रो बलमा विकेटकिपर दीलिप नाथद्वारा कट बिहाइन्ट गराए।