PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कलाकार राजेन्द्र खड्गीमाथि प्रहरीको अनुसन्धान



पहिलोपोस्ट

कलाकार राजेन्द्र खड्गीमाथि प्रहरीको अनुसन्धान

काठमाडौं: द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीमाथि गैरकानुनी रुपमा मान्छे विदेश लगेको अभियोग लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई लागेको आरोपमाथि अनुसन्धान सुरु गरेको हो। मानिसलाई गैरकानुनी ढङ्गले दक्षिण कोरिया पठाएको भनिएको छ।

खड्गीले स्टेज कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम लिएर दक्षिण कोरिया लैजाने गरेको बताइएको छ। खड्गीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरेको सिआइबी प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिए। भने,'प्राप्त सूचनाका आधारमा अनुसन्धान थालेका हौं। दोषी ठहर भएको हैन।'

फिल्म विश्वासबाट निर्देशकीय डेब्यु गरेका उनले हालसम्म पाँच सयभन्दा बढी नेपाली फिल्महरुमा द्वन्द्व निर्देशन गरेका छन्। ३४ वर्षयता फिल्म क्षेत्रमा सक्रिय राजेन्द्र कलाकारको रुपमा पनि चिनिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell