
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिलो खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। नामिबियाको विन्डहोकस्थित अफिज पार्कमा भइरहेको खेलमा घरेलु टोलिको ७ विकेट झरिसकेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै नामिवियाको ७ विकेट लिएको हो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिइकसकेका छन्। यस्तै बसन्त रेग्मी, कप्तान पारस खड्का र शरद भेषावकरले १-१ विकेट लिएका छन्।
नामिवियाका लागि क्रेइग विलियम्सनले ४१ रन बनाउदा जेएन फ्राइलिन्कले २२ रन बनाए। कप्तान सरेल बर्जर एमी इरासमस खातो नखोली आउट भए।