PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

कांग्रेस प्रदेश ३ को संसदीय दलको नेतामा ईन्द्र बानियाँ



पहिलोपोस्ट

कांग्रेस प्रदेश ३ को संसदीय दलको नेतामा ईन्द्र बानियाँ

काठमाडौं : नेपाली कांग्रेसले प्रदेश ३ को संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँलाई चयन गरेको छ।

मकवानपुर २ (ख)बाट प्रदेश सदस्यमा विजयी भएका बानियाँलाई दलको नेतामा चयन गरेको प्रदेश सदस्य निमा लामाले जानकारी दिए।

दलको नेताका लागि बानियाँ र डा राजाराम कार्कीबीच निर्वाचन भएकोमा बानियाँ १४ मत पाएर दलको नेतामा निर्वाचित भएको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए। कार्कीले भने ७ मत मात्र पाए।

बानियाँ पूर्व गृह राज्यमन्त्री हुन्।

कांग्रेसले दलको उपनेता र सचेतक भने छानेको छैन। अहिलेसम्म विधान नबनेकाले दलको उपनेता र सचेतक पछि छान्ने गरी बैठक सकिएको लामाले जनाए।

पार्टीले प्रदेश ३ मा दलको नेता छान्न डिना उपाध्यायलाई जिम्मेवारी प्रदान गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell