
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिले खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियाको ८ विकेट झारिसकेको छ। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिइसकेका छन्।
आफ्नो पहिलो स्पेशमा दुवे ओपनरलाई आउट गरेका सोमपालले दोस्रो स्पेशमा विकेटकिपर जेन ग्रीनलाई बोल्डआउट गरेका हुन्।
सोमपालले पहिलो ओभरमै एलपी भान डेर वेस्थुइजन १ रनमा बोल्ड आउट गरेका थिए।
यसैगरी अर्को ओपनर स्टेफान बार्ड (१८) लाई पाँचौ ओभरको दोस्रो बलमा विकेटकिपर दीलिप नाथद्वारा कट बिहाइन्ट गराए।