PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

डिभिजन टू : नामिबिया १३८ रनमा अलआउट, सन्दीपको ४ तथा सोमपालको ३ विकेट



पहिलोपोस्ट

डिभिजन टू : नामिबिया १३८ रनमा अलआउट, सन्दीपको ४ तथा सोमपालको ३ विकेट

काठमाडौं : बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू को पहिलो खेलमा नेपालले नामिबियालाई हराउनका लागि १३९ रनको सामान्य लक्ष्य पाएको छ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलि नामिबियालाई १३८ रनमै अलआउट गरेको हो। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए।

नेपालका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन मात्र खर्चेर ४ विकेट झारेका हुन्। ७ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३५ रन खर्चे।

सोमपालले दुवै ओपनरलाई आउट गर्दै नेपाललाई गतिलो सुरुवात दिएका थिए। यस्तै बसन्त रेग्मी, कप्तान पारस खड्का र शरद भेषावकरले १-१ विकेट लिए।

नामिबियाका लागि क्रेइग विलियम्सले सर्वाधिक ४१ रन बनाए भने जेन ग्रीन र जेनए फ्राइलिन्कले समान २२ रन जोडे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell