काठमाडौं: गायक कमल के क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ। भ्यालेनटाइन्स डे लक्षित 'माया गर्छु' बोलको गीत भिडियोसहित युट्युब रिलिज गरेका हुन्।
सफ्ट पप शैलीको गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत रहेको छ। शैलेन्द्र एम प्रधान उक्त गीतको संगीत संयोजक हुन्।
नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको फिचरिङ छ।