PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

ओली प्रचण्ड मिटिङ सेन्टर बन्यो मानभवन : के भयो कुराकानी?



पहिलोपोस्ट

ओली प्रचण्ड मिटिङ सेन्टर बन्यो मानभवन : के भयो कुराकानी?
फाइल फोटो

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

मानभवनमा आज भएको भेटमा तीन घन्टासम्म वार्ता चलेको थियो। भेटमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको व्यक्तिगत वेबसाइटमा उल्लेख छ।

भेटले भोलि एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ। एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell