PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

सन्दीपको बलिङबाट दिल्ली प्रभावित, लेख्यो ‘ब्रिलियन्ट स्पेल’



पहिलोपोस्ट

सन्दीपको बलिङबाट दिल्ली प्रभावित, लेख्यो ‘ब्रिलियन्ट स्पेल’

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू को पहिलो खेलमा नामिबियालाई नेपालले १३८ रनमा अलआउट गर्दा सन्दीप लामिछानेले ४ विकेट लिए।

उनले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका हुन्।

सन्दीपको उक्त प्रदर्शनपछि आइपीएल खेल्ने टोली दिल्ली डेयरडेभिल्सले सन्दीपको प्रशंसा गर्न कुनै कन्जुसाँई गरेन। दिल्लीले नै सन्दीपलाई आइपीएल खेलाउन २० लाख भारु बेस प्राइजमा अक्सनमा खरिद गरेको थियो।

त्यसैले नेपालका यी युवा स्टारले ४ विकेट लिने बित्तिकै दिल्लीले आफ्नो अफिसियल सोसियल मिडियामा सन्दीपको उत्कृष्ट प्रदर्शन भन्दै 'ब्रिलियन्ट स्पेल' भनेर प्रतिक्रिया दियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell