PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

'जय भोले' बन्ने घोषणा, खगेन्द्र र सौगात लिडमा



पहिलोपोस्ट

'जय भोले' बन्ने घोषणा, खगेन्द्र र सौगात लिडमा

काठमाडौं: फिल्मकर्मी अशोक शर्माले करिव १२ वर्षपछि नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनले आफ्नै निर्देशनमा फिल्म 'जय भोले' बनाउने भएका हुन्। शर्माको निर्देशन, अभिनय एवं निर्माण रहने सोसल तथा कमेडी ड्रामामा अभिनेता खगेन्द्र लामिछानेको पटकथा एवं मुख्य भूमिका हुनेछ।

शिवरात्रीदेखि छायांकन सुरु हुने फिल्मको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ। फिल्ममा अशोक शर्मा र खगेन्द्रसहित सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल लगायतको मुख्य भूमिका छ। 

मितिनी निर्देशनको १२ वर्षपछि शर्मा निर्देशनमा कमब्याक गर्न लागेका हुन्। उनको कम्पनी फिल्म वल्र्ड र एए ग्रुप ब्यानरमा फिल्म बन्न लागेको हो। दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा फिल्मले भन्छ।

१ करोड ६० लाख बजेट बताइएको सिनेमाको छायांकन झापा र इलाममा हुनेछ। पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell