
काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेका छन्।
बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा प्रदेश सभा विधानबारे छलफल गर्ने र उक्त विधेयक पारित हुने पौडेलले बताए।
कांग्रेसले माघ १८ गते केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गठन गरेको थियो।
समितिका सदस्यमा मुख्यसचिव पौडेल र सूचना अधिकारी केशव रिजाल रहेका छन्।
प्रदेशको विधान नहुँदा कांग्रेस संसदीय दलको उपनेता तथा सचेतक चयन अड्किएको छ।