PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

किन डाके देउवाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक?



पहिलोपोस्ट

किन डाके देउवाले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक?

काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेका छन्।

बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा प्रदेश सभा विधानबारे छलफल गर्ने र उक्त विधेयक पारित हुने पौडेलले बताए।

कांग्रेसले माघ १८ गते केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गठन गरेको थियो।
समितिका सदस्यमा मुख्यसचिव पौडेल र सूचना अधिकारी केशव रिजाल रहेका छन्।

प्रदेशको विधान नहुँदा कांग्रेस संसदीय दलको उपनेता तथा सचेतक चयन अड्किएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell