PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बुढासुब्बा गोल्डकप : भारतीय टिमलाई हराउँदै थ्री स्टारफाइनलमा, उपाधिका लागि पुलिससँग खेल्ने



पहिलोपोस्ट

बुढासुब्बा गोल्डकप : भारतीय टिमलाई हराउँदै थ्री स्टारफाइनलमा, उपाधिका लागि पुलिससँग खेल्ने

धरान : रुस्लान थ्री स्टार क्लब भारतको दुर्गापुर स्टिल क्लब कोलकतालाई पराजित गर्दै २०औ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ।

बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले दुर्गापुरलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। थ्रि स्टारलाई विजयी बनाउन वैकल्पिक खेलाडी विष्णु गुरुङले इन्जुरी टाइममा निर्णायक गोल गरे।

खेलमा थ्री स्टारका गोलकिपर एलान न्यौपाने म्यान अफ दि म्याच भए। उनले नगद १० हजार हात पारे।

थ्री स्टारले अब उपाधिका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

डिफेण्डिङ च्याम्पियन पुलिसले संकटालाई पहिलो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

थ्री स्टार र पुलिसबीच फाइनल खेल पर्सी शनिवार हुनेछ।

पोखरामा सम्पन्न आहा रारा गोल्डकपमा पुलिस थ्री स्टारलाई हराउँदै च्याम्पियन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell