
काठमाडौं : बिहीवारदेखि नामिबियामा सुरु भएको डिभिजन टू मा नेपाल, युएई र क्यानडाले विजयी सुरुवात गरेका छन्।
क्यानडा र युएईले शानदार जित हासिल गर्दा नेपालले भने घरेलु टोलि नामिबियामाथि १ विकेटको संघर्षपूर्ण जित हात पारेको छ।
क्यानडाले ओमानलाई ८ विकेटले हराउँदा युएईले केन्यालाई २१८ रनले पराजित गर्यो
नेपालले १३९ रनको समान्या लक्ष्य ४९.२ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै १ विकेटको जित हात पारेको हो।
ओमानले दएको १०७ रनको सामान्य लक्ष्य क्यानडाले १५.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
उता युएईले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर ३०९ रन बनाएको थियो। जवाफमा केन्या ३२.४ ओभरमा मात्र ९१ रनमा अलआउट भयो।