PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : नेपाल र ओमान भिड्दै



पहिलोपोस्ट

डिभिजन टू : नेपाल र ओमान भिड्दै

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दैछ। खेल नामिबियाको विन्डहोकस्थित अफिज पार्मा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।

नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो। 

नेपाल र ओमान प्रतिस्पर्धात्मक खेलमा सन् २०१४ को एसीसी प्रिमियर लिग भिडेका थिए। जहँ ओमान २ विकेटले विजयी भएको थियो। त्यसअघि डब्लुसिएलको सन् २०१३ को डिभिजन थ्री मा पनि नेपाल र ओमानबीच प्रतिस्पर्धा भएको थिए। जहाँ नेपालले लिग चरणमा ओमानलाई २८ रनले पराजित गरेको थियो।

२०१० मा भएको एसीसी ट्रफी एलिटमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले पराजित गरेको थियो।

पहिलो खेलमा जित हात पारेका युएई र क्यानडा र आजै भिड्दैछन्। यस्ते पहिलो जितको खोजलीमा रहेका नामिबिया र केन्याको खेल पनि आजै हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell