PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कोपा डेल रे : बार्सिलोना फाइनलमा, काउटिन्होको पहिलो गोल



पहिलोपोस्ट

कोपा डेल रे : बार्सिलोना फाइनलमा, काउटिन्होको पहिलो गोल

फिलिप काउटिन्होले बार्सिलोनाको लागि पहिलो गोल गरेपछि सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै बार्सिलोना समग्रमा ३-० को जित हात पार्दै कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। सन् २०१२-१३ मा फाइनल पुग्न नसकेको बार्सिलोना त्यसयता लगातार पाँचौ पटक फाइनल प्रवेश गरेको हो।

गत जनवरीमा लिभरपुलबाट नोक्याम्प पुगेका काउटिन्होले मैदान प्रवेश गर्दै गरेको तेस्रो मिनेटमे गोल गरे। आन्द्रे गोमेजको स्थानमा ४६औँ मिनेटमा मैदान छिरेका काउटिन्होले ४९औँ मिनेटमा लुइस सुवारेजको पासमा गोल गरेका हुन्।

यस्ते सुवारेजकै पासमा इभान राकिटिकले ८२औँ मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल गरे।

बार्सिलोनाले अब उपाधिका लागि सेभियासँग प्रतिस्पर्धा गर्नेछ। सन् २०१४ को फाइनलमा रियल मड्रिडसँग हारयता बार्सिलोनाले पछिल्लो तीन संस्करणमा लगातार उपाधि जितेको थियो।

बारर्सिलोनाले यसअघि ३९ पटक फायनल खेल्दा सर्वाधिक २९ पटक उपाधि जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell