PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

फ्राइडे रिलिज: 'कृ' र 'प्याडम्यान' पर्दामा 



पहिलोपोस्ट

फ्राइडे रिलिज: 'कृ' र 'प्याडम्यान' पर्दामा 

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत यो साता प्रतिक्षित नेपाली फिल्म 'कृ' सार्वजनिक भएको छ। 

अनमोल केसी स्टारर फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा प्राय सो पाएका छन्। 

प्रेम र एक्सन मिश्रित कथा भन्ने फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपविक्रम शाही, सुदाम सिके, रुपा राना, सरोज खनाल, कामेश्वर चौरासिया आदिको अभिनय रहेको छ। सुवास गिरी र भूवन केसी निर्मित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। 

त्यस्तै बलिउडतर्फ 'प्याडम्यान' रिलिज हुँदैछ। सुलभ मुल्यमा स्यानिटरी किन्न र प्रयोग गर्न प्रोत्सहान गर्ने पद्मश्री अरुणचलनम मुरुगानाथमको जीवनकथा फिल्मले भन्छ। फिल्मलाई ट्विङ्कल खन्नाले निर्माण गरेकी हुन्। 


आर बल्की निर्देशित फिल्ममा सोनाम कपूर र राधिका आप्तेको शीर्ष भूमिका छ। 

यो साता हलिउडतर्फ नयाँ फिल्म रिलिज भएन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell