.png)
काठमाडौँः नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि आजै निर्वाचन हुने भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले उम्मेदवारको मनोनयन चलिरहेको छ। बिहान १०ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। हालसम्म दुई जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश ३ का एमालेका सांसद् रामेश्वर फुँयालले १२ः३० बजेपछि मतदान सुरु हुने बताए।
हालसम्म अध्यक्ष केपी ओली समूहबाट डोरमणि पौडेल र माधव नेपाल समूहबाट अष्टलक्ष्मी शाक्यको मनोनयन भएको छ।
यसअघि चर्चामा रहेका राजेन्द्र रहेका राजेन्द्र पाण्डे, सांसद् फुँयाल लगायतले मनोनयन फारम बुझे पनि अहिलेसम्म दर्ता भएको छैन।
एमालेको बहुमत रहेको प्रदेश ३ मा एमालेका ५८ सदस्य छन्। संसदीय दलको नेता चयनका लागि ३० सांसद् आवश्यक पर्नेछ। संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार हुने हुँदा दलको नेताका आकांक्षी बढी छन्।