PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

१६ वर्षपछि समातिए हत्याका दोषी गुरुङ, भारतबाट ल्याइयो नेपाल  



पहिलोपोस्ट

१६ वर्षपछि समातिए हत्याका दोषी गुरुङ, भारतबाट ल्याइयो नेपाल  

काठमाडौंः २०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा एक व्यक्तिको हत्या गरी फरार रहेका मुखिया गुरुङ १६ वर्षपछि पक्राउ परेका छन्।

इन्टरपोलको सहयोगमा गुरुङलाई भारतबाट पक्राउ गरिएको हो। उनलाई नेपाल ल्याइएको छ।

काठमाडौं जिल्ला अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।  

मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले ०५८ मा सुवर्ण गुरुङको हत्या गरेको थियो।

हत्यापछि अन्य व्यक्ति पक्राउ परे पनि मुखिया फरार थिए। फरार रहेका गुरुङ दुई भारतको जयपुरबाट थाइल्याण्ड हुँदै मलेसिया जाने क्रममा भारतमा पक्राउ परेका थिए।

दिल्लीस्थित पटिवाला कोर्टको आदेशपछि गुरुङलाई नेपाल ल्याइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell