PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

'प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान’ पारित



पहिलोपोस्ट

'प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान’ पारित

काठमाडौं: नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थियो।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ। 

कांग्रेसले माघ १८ गते केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गठन गरेको थियो। संयोजक डा रिजालले मस्यौदा प्रस्तुत गरेपछि विधान पारित गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell