PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही



रासस

कांग्रेस प्रदेश ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही

सुर्खेत: नेपाली कांग्रेसले ६ नं प्रदेशको संसदीय दलको नेतामा हुम्ला (ख) बाट निर्वाचित सांसद जीवनबहादुर शाहीलाई चयन गरेको छ। 

आज बसेको काँग्रेस संसदीय दलको बैठकले शाहीलाई सर्वसम्मत दलको नेतामा चुनिएको जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले जानकारी दिए। अन्य संसदीय दलका पदाधिकारी अब बस्ने संसदीय दलको बैठकबाट निर्णय गरिने उनले बताए। 

नेपाली काँग्रेसका तर्फबाट शाही यो प्रदेशमा प्रत्यक्ष जित्ने एक्ला सांसद हुन्। यो प्रदेशमा कांग्रेसका समानुपातिकसहित छजना प्रदेश सांसद रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell