PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नेपाल भर्सेस ओमान : प्लेअर्स टु वाच



पहिलोपोस्ट

नेपाल भर्सेस ओमान : प्लेअर्स टु वाच

काठमाडौं : नामिबियामा जारी डिभिजन टू क्रिकेटमा नेपालले आज ओमानसँग दोस्रो खेल खेल्दैछ। पहिलो खेल जितेको नेपाल र पहिलो खेलमा पराजित ओमानबीचको खेल विन्डहोकस्थित अफिज पार्कमा दिउँसो सवा १ बजे सुरु हुनेछ।

यी हुन् आजको खेलमा हेर्न लायक खेलाडी

 

सन्दीप लामिछाने (नेपाल)

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमा सर्वाधिक ४ विकेट लिएका थिए। नामिबियालाई १३८ रनमा अल आउट गर्न मात्र नभई रन पछ्याउने क्रममा समेत उनले बसन्त रेग्मीलाई गतिलो साथ दिएका थिए।

८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका सन्दीप १ रनमा नटआउट रहेका थिए।

आइपीएलमा सन्दीपलाई किनेको दिल्ली डेयरडेभिल्सले समेत सन्दीपको उक्त बलिङ स्पेलको प्रशंसा गरेको थियो।

 

जिसन मकसुद (ओमान)

३० वर्षीय ओमानी अलराउन्डर जिसन मकसुद ओपनिङ र मिडल अर्डर जता पनि ब्याटिङ गर्छन्। क्यानडा विरुद्ध पहिलो खेलमा पराजित हुँदा उनले २२ रन बनाउनुका साथै १ विकेट लिएका थिए। क्यानडा विरुद्ध दोहोरो अंक जोड्ने ३ ओमानी खेलाडीमध्ये जिसन पनि एक हुन्।

गत वर्ष ओमानलाई डिभिजन थ्री को च्याम्पियन बनाउने क्रममा जिसनले ब्याटिङमा १ सय ४९ रन बनाएका थिए भने बलिङमा ३ विकेट लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell