PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

ओली समूहका डोरमणि पौडेल प्रदेश ३ का संसदीय दलका नेता



पहिलोपोस्ट

ओली समूहका डोरमणि पौडेल प्रदेश ३ का संसदीय दलका नेता

काठमाडौं : नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली निकट डोरमणि पौडेल प्रदेश ३ को संसदीय दलको नेता चयन भएका छन्।

आज प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा उनले १० मतअन्तर कायम राख्दै संसदीय दलको नेतामा आफूलाई सुरक्षित गराएका हुन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भर्खरै सार्वजनिक मत परिणाम अनुसार पौडेलले ३४ मत हासिल गरे भने माधवकुमार नेपाल पक्षधर मानिएका नेता अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गरिन्।

हालसम्म अध्यक्ष केपी ओली समूहबाट डोरमणि पौडेल र माधव नेपाल समूहबाट अष्टलक्ष्मी शाक्यको मनोनयन भएको थियो।

यसअघि चर्चामा रहेका राजेन्द्र रहेका राजेन्द्र पाण्डे, रामेश्वर फुयाल लगायतले मनोनयन फारम बुझे पनि दर्ता गरेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell