PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : ओमानले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङमा



पहिलोपोस्ट

डिभिजन टू : ओमानले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङमा

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा नेपालले ओमान विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानले टसर जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। विन्डहोकस्थित अफिज पार्कमा खेल हुँदैछ। 

नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने ओमान क्याडनासँग पराजित भएको थियो। नेपाली टोलीमा कुनै परिवर्तन छैन। नामिबिया विरुद्ध खेलेको टोलीलाई आज पनि निरन्तरता दिइएको छ।

 

नेपाल : पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, सोमपाल कामी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, करण केसी, मोहममद आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दीलिप नाथ, ललित भण्डारी

ओमान : सुल्तान अहेमद (कप्तान), आकिव लाएस सुलेह्री, अहमद फयाज बट, अजय भ्रजलाल लालचेटा, स्वप्निल सुनिल खाड्ये, बिलाल खान, खावर अली, मुहम्मेद नादिम, मुहम्मद नासिम, जिसन मक्सुद, जय विराम ओडेड्रा, जतिन्दर सिंह, वैभव श्रीधर वाटेगाओनकर, कलिमुल्लाह कलिमुल्लाह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell