PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

प्रदेश ३ को सभामुखमा ओली गुटकै सानुकुमार श्रेष्ठ



पहिलोपोस्ट

प्रदेश ३ को सभामुखमा ओली गुटकै सानुकुमार श्रेष्ठ

काठमाडौं: नेकपा एमालेले प्रदेश ३ को सभामुखमा अध्यक्ष केपी शर्मा ओली गुटकै सानुकुमार श्रेष्ठलाई बनाउने निर्णय गरेको छ।

काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ 'क' बाट निर्वाचित भएका हुन्।

यसअघि उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ। वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई परेको छ।

एमाले संसदीय दलको नेता डोरमणि पौडेल चयन भइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell