PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

जेन मलिक बलिउड फ्यान, रेकर्ड गराए हिन्दी गीत



पहिलोपोस्ट

जेन मलिक बलिउड फ्यान, रेकर्ड गराए हिन्दी गीत

पपस्टार जेन मलिकले अब बलिउड गीत गाउने भएका छन्। सांगीतिक ब्यान्ड वान डिरेक्सनबाट छुट्टिएपनि राम्रो फ्यान फलोइङ कमाएका जेनको सामाजिक सञ्जालमा इन्डिया र नेपालका दर्शक स्रोताको सहभागिता देखिन्छ।

जेनले हिन्दी फिल्मको गीतमा स्वर दिने खबर एलेमा प्रकाशित उनको इन्टरभ्युमा खुलाइएको छ। उनले गीत रेकरड समेत गरिसकेको बताएका हुन्। 'मैले पहिलोपटक पुरा हिन्दी गीत गाएको हुँ', उनले थप भनेका छन्,'स्रोताको प्रतिक्रिया सुन्न उत्साही छु।'

अन्तरवार्तामा उनले हिन्दी संगीतकार एआर रेहमानसँग सहकार्य गरेको जानकारी पनि दिएका छन्। उक्त अन्तर्वातामा उनले बलिउडसँग आफू भावनात्मक रुपमा नजिकिएको जनाएका छन्। जेनले आफ्नो फ्यानलाई फिल्म 'देवदास' हेर्न सुझाव पनि दिए। आफू शाहरुख खानको फ्यान रहेको बताए। 'उनलाई नभेटुन्जेल म फ्यान थिइन तर भेटेपछि थाहा पाएँ उनी निकै असल मान्छे हुन्।'

सन् २०१५ मा लण्डनमा भएको एसियन अवार्डको क्रममा जेन र शाहरुखको भेट भएको थियो। उक्त भेटको क्रममा खिचेको सेल्फी शाहरुख खानले ट्विट गरे। एलेले जनाए त्यो सेल्फी अनुसार इन्डियन ह्यान्डलबाट सबैभन्दा धेरै रिट्विट भएको ट्विट हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell