PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डिभिजन टू : नेपालले दियो ओमानलाई १३९ रनको लक्ष्य



पहिलोपोस्ट

डिभिजन टू : नेपालले दियो ओमानलाई १३९ रनको लक्ष्य

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपालले ओमानलाई १३९ रनको लक्ष्य दिएको छ। विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो।

शरद भेषावरकले सर्वाधिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वाधिक ४ तथा बिलाल खानले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell