PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

विवादबिच 'गाँजाबाजा' ट्रेलर रिलिज



पहिलोपोस्ट

विवादबिच 'गाँजाबाजा' ट्रेलर रिलिज

काठमाडौं: कानुनी विवादबिच फिल्म 'गाँजाबाजा'को ट्रेलर सार्वजनिक भएको छ। फागुन २५ गतेलाई रिलिज टार्गेट गरेको फिल्म युनिटले शुक्रबार प्रोमोको इन्टरनेट रिलिज गरेको हो।

सार्वजनिक ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकीको कथा देखाउँछ।

फिल्ममा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको छ। दुई वर्षअघि निर्माण सुरु भएको फिल्मको नामका कारण चलचित्र बिकास बोर्डसँगको विवादमा थियो। हालसम्म फिल्म युनिटले विकास बोर्डको निर्णय विरुद्ध दर्ता गरेको मुद्दा सुनुवाई भने भएको छैन। फिल्ममा सुशिल सिटौला, वर्षा शिवाकोटी, रक्षा श्रेष्ठ, अनुपम शर्मा लगायतको अभिनय रहेको छ।

यसअघि एउटा गीत पनि सार्वजनिक छ। फिल्ममा निख एण्ड जटाले संगीत दिएका छन्। याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell