PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सोमबारसम्म समानुपातिक नामावली पठाउन दलहरुलाई निर्वाचन आयोगको निर्देशन



पहिलोपोस्ट

सोमबारसम्म समानुपातिक नामावली पठाउन दलहरुलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौंः निर्वाचन आयोगले आज प्रतिनिधि सभामा समानुपातिक तर्फको सिट बाँडफाँट गरेको छ। पहिलो र दोस्रो चरण गरी सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्राप्त मतको आधारमा आज सिट बाँडफाँट गरेको हो।

निर्वाचनमा ४९ राजनीतिक दलले भाग लिएकोमा पाँच दलले मात्रै समानुपातिक सिट प्राप्त गर्न सफल भएका छन्। नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका थिए। 

आयोगले दलहरुलाई ३ दिनभित्र अर्थात् २९ गतेसम्ममा नामावली बुझाउन आजै पत्राचार गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell