PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

चीनमा अपार्टमेन्टमा आगो लगाउनेलाई मृत्युदण्डको सजाय



रासस

चीनमा अपार्टमेन्टमा आगो लगाउनेलाई मृत्युदण्डको सजाय
प्रतीकात्मक फोटो | फोटो श्रोत: thoughtcatalog.com

चीन: चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ। 

ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका चारजना सदस्यको मृत्यु भएको थियो। स्थानीय अकाधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन्। 

मो हुआनजिङ नाम गरेकी ती महिलाले पूर्व नौसेनाको अपार्टमेन्टमा सो आगजनी गरेको ठहर भएको थियो। 

सो आगजनीमा परी लिन सिङ्गबिन नामका ती नौसेनाकी श्रीमती र तीन छोराछोरीको मृत्यु भएको हाङ्गजोउको एक अदालतले जानकारी दिएको छ। 

यस आगलागीबाट २५ लाख ७० हजार युवान बराबरको नोक्सानी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell