
काठमाडौंः प्रहरीले १६ वर्षदेखि फरार रहेको आतिनी भन्ने मुखिया गुरुङलाई भारतबाट नेपाल झिकाएको छ। काठमाडौंको ठमेलस्थित एक डिस्कोमा १६ वर्षअघि सुवर्ण गुरुङलाई हत्या गरेका उनलाई गत पुसमा जन्मकैद फैसला सुनाएको थियो।
उनलाई इन्टरपोलको सहयोगमा भारतीय प्रहरीले डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
बैंकक हुँदै मलेसिया जाने क्रममा मुखियालाई पक्राउ गरी दिल्लीस्थित पटियाला कोर्टमा उपस्थित गराएकोमा शुक्रबार उक्त अदालतको फैसला अनुसार भारत सरकार परराष्ट्र मन्त्रालयले नेपाल प्रहरीलाई बुझाएपछि उनलाई नेपाल प्रहरीले नेपाल ल्याएको प्रहरीले जनाएको छ।
मुखियालाई नेपाल प्रहरीको अनुरोधमा ईन्टरपोल सचिवालयबाट सन् २०१७, नोभेम्बर २८ मा रेडक्रनर नोटिस जारी भएको थियो।
मुखियालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।