PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नम्वर वान गल्फर शिवरामले जिते करियरको ४१औँ उपाधि



पहिलोपोस्ट

नम्वर वान गल्फर शिवरामले जिते करियरको ४१औँ उपाधि

काठमाडौं : नेपालका नम्वर वान प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले ‘गल्फर पाइलोट्स एनपिजिए क्लासिक’को उपाधि जितेका छन्।

सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गत छैटौँ प्रतियोगिताको उपाधि जित्दै श्रेष्ठले जितेको यो ४१औँ उपाधि हो।

पार-७२ गोकर्ण गल्फ क्लबमा शुक्रवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन एक अन्डर ७१ को स्कोर गर्दे शिवरामले कूल ८ अन्डर २ सय स्कोर गरे।

यस्ते अन्तिम दिन १ अन्डर ७१ स्कोर गरेका भुवन नगरकोटी समग्रमा ३ अन्डर २०५ स्कोर गर्दै उपविजेता बने।

च्याम्पियन शिवरामले नगद ५५ हजार ट्रफी हात पारे। भुवनले ३७ हजार प्राप्त गरे। 

एमेच्योरतर्फ १२ ओभर २२० स्कोर गरेका विनोद तामाङले उपाधि जिते। यस्तै सुवास घिसिङ दोस्रो भए।

प्रतियोगिताको दोस्रो दिन आरएनजिसिमा 'होल इन वान' गरेकी प्रतिमा शेर्पाले विजय अवालेबाट स्पोनसर गरिएको नगद १० हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

पाइलटत्रय क्याप्टेन रविन्द्र पुरुष ढकाल, क्याप्टेन दीपक थपलिया र क्याप्टेन विजय प्रताप सिंहले स्पोनसर गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरले भाग लिएका थिए।

सन् २००७ देखि लगातार ३ पटक भएर रोकिएको यस प्रतियोगिता यसैवर्ष देखि पुन: सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell