PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

बमजन बसेको बाराको वन धार्मिक क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

बमजन बसेको बाराको वन धार्मिक क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं: मन्त्रिपरिषद्को आजको बैठकले तपश्वी रामबहादुर बमजन बस्दै आएको आश्रयस्थललाई धार्मिक वन घोषणा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बमजनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

पछिल्लो पटक महासम्बोधी गुरु धर्मसंघको नाममा धार्मिक सभाहरु गर्दै आएका बमजनले बाराको हल्खोरिया जंगल प्रयोग गर्दै आएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell