PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डिभिजन टू : यूएईलाई हराउँदै क्यानडा शीर्ष स्थानमा, नामिबिया-केन्याको खेल भोली सारियो



पहिलोपोस्ट

डिभिजन टू : यूएईलाई हराउँदै क्यानडा शीर्ष स्थानमा, नामिबिया-केन्याको खेल भोली सारियो
photo : peter della penna, espncrininfo

नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा क्यानडाले लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा ओमानलाई हराएको क्यानडाले शुक्रवार दोस्रो खेलमा युएईलाई २३ रनले पराजित गर्‍यो।

लगातार दुई खेल जित्दै ४ अंक जोडेको क्यानडा अंकतालिकामा शीर्ष स्थानमा छ।  युएई, नेपाल र ओमानको समान २-२ अंक छ। तिन वटै टोलीले २ खेल खेल्दा १ मा जित र १ मा हारको नतिजा निकालेका छन्।

टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ४ बल अगाडी अलआउट हुँदै २०९ रन बनाएको थियो। जवाफमा युएईले ४५ ओभरमा अलआउट हुँदै १८६ रन मात्र बनाउन सक्यो।

पहिलो खेलमा केन्यालाई पराजित गरेको युएईको यो पहिलो हार हो। युएईले अब आइतवार नेपालसँग खेल्नेछ।

शुक्रवारै भएको खेलमा नेपाललाई ६ विकेटले हराउँदै ओमानले पहिलो जित हासिल गरेको छ। घरेलु टोली नामिबिया र केन्याबिचको खेल भने वेटआउटफिल्डका कारण हुन सकेन र शनिवारको लागि सारिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell