PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सचिव यादवको शव त्रिशूलीबाट निकालियो, छोरा सञ्जय अझै वेपत्ता



रासस

सचिव यादवको शव त्रिशूलीबाट निकालियो, छोरा सञ्जय अझै वेपत्ता

धादिङ : सिंचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा दुर्घटनामा परेको छ। सचिवलाई त्रिशूलीबा मृतअवस्थामा बाहिर निकालिएको छ।

सशस्त्र प्रहरी गोताखोरको टोलीले उनको शव पानीबाट बाहिर निकालेको हो। बेपत्ता भएका उनका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन्। जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिए। 

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा  मन्त्रालयका सचिव यादव, उनका छोरा सञ्जय र एक किशोरी सवार थिए। चालक निराजन यादव भने घाइते भएका छन्। बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिए। घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell