PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : दोस्रो जितको खोजीमा नेपाल र युएई



पहिलोपोस्ट

डिभिजन टू : दोस्रो जितको खोजीमा नेपाल र युएई

काठमाडौं: नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को तेस्रो खेलमा आइतबार नेपाल र युएई भिड्दैछन्। डिभिजन टू को शीर्ष दुई स्थानमा रहँदै वान डे वर्ल्ड कप क्वालिफायरमा प्रवेश गर्न दुबैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुबै टोलीलाई जितको खाँचो छ। नेपाल र युएईले २-२ खेल खेलिसकेका छन् जसमा १ जित र १ हारको नतिजा निकालेका छन्।

नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने युएईले केन्यालाई पराजित गरेको थियो। तर दोस्रो खेलमा नेपाल ओमानसँग तथा युएई क्यानडासँग पराजित भयो। अहलेसम्म दुबै खेल जितेको क्यानडा ४ अंकका साथ ६ टिम सम्मिलित प्रतियोगाको शीर्ष स्थानमा छ।

नेपाल र युएई दुई महिना अघि मात्र डब्लुसिएल च्याम्पियनसिपमा भिडेका थिए। युएईमै भएको डब्लुसिएल च्याम्पियनसिपको अन्तिम चरणको उक्त दुवै खेल युएईले जितेको थियो। नेपाल पहिलो खेलमा ७ विकेट तथा दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो।

नेपालले सन् २०१४ यता युएईलाई ५० ओभरको खेलमा पराजित गर्न सकेको छैन। एसीसी प्रिमियर लिग-२०१४ मा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

सन् २०१४ मै भएको वान डे वर्ल्ड कप क्वालिफायरमा नेपाल १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

सन् २०१२ मा भएको एसीसी एलिट ट्रफीको समूह चरणमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो भने फाइनलमा टाई भएको थियो। त्यसअघि भएको ६ खेलमा नेपाल युएईसँग पराजित भएको थियो।

 

नेपाल भर्सेस युएई, हेड टु हेड

खेल :१२

युएई जित : ९

नेपाल जित : २

टाई : १

  • १९९८ एसीसी ट्रफी : नेपाल ९४ रनले पराजित
  • २००० एसीसी ट्रफी : नेपाल १ विकेटले पराजित
  • २००२ एसीसी ट्रफी : नेपाल ६ विकेटले पराजित (समूह चरण)
  • नेपाल ६ विकेटले पराजित (फाइनल)
  • २००६ एसीसी ट्रफी : नेपाल ९ विकेटले पराजित
  • २००८ एसीसी ट्रफी एलिट : नेपाल ६ विकेटले पराजित
  • २०१२ एसीसी ट्रफी एलिट : नेपाल ४ विकेटले विजयी (समूह चरण) फाइनल टाई
  • २०१४ वर्ल्ड कप क्वालिफायर : नेपाल १०२ रनले पराजित
  • २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
  • २०१७ डब्लुसिएल च्याम्पियनसिप : नेपाल ७ विकेटले पराजित, नेपाल ६३ रनले पराजित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell