PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

चीनले हवाई सेनामा थप्यो गुप्त फाइटर प्लेन जे ट्वान्टी

चीनले हवाई सेनामा थप्यो गुप्त फाइटर प्लेन जे ट्वान्टी

पहिलोपोस्ट /पहिलोपोस्ट


बेइजिङ : चीनले बनाएको पछिल्लो गुप्त फाइटर विमान जे ट्वान्टीलाई हवाई सेनामा प्रयोग गर्न थालेको छ।
 
'यसले महत्वपूर्ण चरण पार गरेको छ। जे ट्वन्टीसँग पूर्ण क्षमताको छ,' चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता सेन जिनकेले भने। 

सबै परीक्षणमा अब्बल ठहरिएपछि यो फाइटर विमानलाई प्रयोगमा ल्याइएको हो। प्रवक्ता जिनकेका अनुसार यसका लागि पाइलट ट्रेनिङ जारी छ। चिनियाँ युद्ध क्षमता प्रदर्शनीका क्रममा 'रेड स्वार्ड २०१७' मा यसलाई उडाइएको थियो।

'आवाजविहीन यो जेटले सेनाको युद्धक्षमतालाई थप बलियो बनाएको छ जसले चीनको सम्प्रभुता, सुरक्षा र भूगोलमाथि रक्षा गर्न सहज पारेको छ,' जिनकेले भने। 
 
जे ट्वान्टी चीनको चौथो पुस्ताको मध्यम र लामो दुरी तय गर्न सक्ने फाइटर जेट हो। यसले सन् २०११ मा मध्यम गतिको फ्लाइट गरेको थियो भने २०१६ मा गोङ्जाओ प्रान्तको जुहाईमा भएको एयर सोमा पनि प्रदर्शन गरिएको थियो। - सिन्ह्वा
 
 


ट्रेन्डिङ पोस्ट

Ncell