
काडमाडौंः निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट ८० सिट ल्याएर प्रतिनिधिसभामा पहिलो दल बनेको नेकपा एमालेले समानुपातिकतर्फ ४१ सिट पाएको छ।
जस अन्तर्गत एमालेले कम्तीमा ३७ महिलालाई समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाउनुपर्ने छ।
निर्वाचन आयोगलाई समानुपातिक उम्मेदवारहरुको नाम बुझाउँदा दलहरुले समानुपातिक बन्दसूचीको क्रम संख्या मिच्न पाउने छैनन्। बन्द सूचीको क्रम संख्यामा जसको नाम पहिलो पर्छ सोही व्यक्ति समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।
एमालेले विभिन्न क्लस्टरबाट एमालेका ५७ जना महिलाको नाम समानुपातिक बन्द सूचीमा पठाएको छ।
कुन कलस्टरबाट कति जना महिला प्रतिनिधिसभामा जाँदैछन्?
खस आर्य
एमालेका १७ जना महिलाको नाम खस आर्यबाट बन्द सूचीमा समावेश गरेको छ। जसबाट १२ जना महिलाले संसदमा प्रवेश पाउने छन्। बन्द सूचीको अन्त्यमा रहेका ५ जना महिलाले भने संसदमा प्रवेश पाउने छैनन्।
एमालेको तर्फबाट समानुपातिक बन्द सूचीमा राधा ज्ञवाली, विन्दा पण्डे, गोमा देवकोटा, कल्याणी कुमारी खड्का, निरुदेवि पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शर्मिला कार्की, सीता गिरी ओली, शारदादेवी भट्ट, सावित्रा देवी अर्याल, दिलकुमारी पन्त, सुमित्रा बिसी रहेका छन्।
आदिबासी जनजाति
आदिबासी जनजाति समूहतर्फ एमालेले १६ जना महिलाको नाम समानुपातिक बन्द सूचिमा राखेको छ। आदिबासी जनजातितर्फ ११ जना निर्वाचित हुनेछन्। आदिबासी जनजातितर्फ समानुपातिक बन्द सूचिमा परेका ५ जना महिलाले संसदमा प्रवेश पाउने छैनन्।
थममाया थापामगर, शिवमाया तुम्बाहाम्फे, सुजिता शाक्य, रामकुमारी झाँक्री, विना श्रेष्ठ, तुल्सी थापा, नवीना लामा, शान्तिमाया तामाङ पाख्रिन, कमारी मेचे, विनादेवी बुढाथोकी मगर, रणकुमारी बलमपाकी मगर, माइली तामाङ, मेनचुङ लामा, कमला थापा मगर, दीलकुमारी राई, तारादेवी गुरुङलाई समानुपातिक बन्द सूचीमा समावेश गरेको छ।
दलित
एमाले दलितबाट ८ जना महिला उम्मेदवारलाई समानुपातिक बन्द सूचीमा राखेको थियो। जसबाट ५ जना महिला मात्र निर्वाचित हुने छन। निरादेवी जैरु, विमला विश्व कर्मा, विमला विक, पार्वतीकुमारी विसुंखे, सानु शिवा, आशा कुमारी विक, धनकुमारी सुनार, जानकीदेवी रामको नाम एमालेबाट समानुपातिक बन्द सूचीमा छन।
थारु
थारुबाट ४ जना महिलाको नाम समानुपातिक बन्द सूचीमा परेका छन। जस्बाट २ जना महिला निर्वाचित हुने छन। शान्ता चौधरी, लक्ष्मी कुमारी चौधरी, गंगा चौधरी, ममता कुमारी चौधरीको नाम थारु महिलाहरुबाट समानुपातिक बन्द सूचीमा रहेका छन्।
मधेशी
मधेशीबाट ९ जना महिलाको नाम एमाले पार्टीको तर्फबाट समानुपातिक बन्द सूचीमा उल्लेख गरिएको छ। तर ६ जना मधेशी महिला निर्वाचित हुने छन। एमाले पार्टीको तर्फबाट समानुपातिक बन्द सुचिमा जुलीकुमारी महतो, पुष्पाकुमारी कर्ण यादव, सरला कुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी, सिता यादव, चन्द्रकला सिंह, अज्ञादा झा, विनादेवी शर्मा रहेका छन्।
मुस्लिम
एमालेले ३ मुस्लिम महिला समानुपातिक बन्द सूची राखेको थियो। जसबाट १ जना मुस्लिम महिलाले मात्र प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्।
कालिला खान, समिना हुसेन, रुवी खाँ पठानको नाम एमालेबाट समानुपातिक बन्द सुचिमा नाम उल्लेखित गरीएको छ।
यी हुन् भाग्यमानी चार पुरुष
एमालेबाट समानुपातिकमा जम्मा चार जना प्रतिनिधि सभामा जाने भएका छन्। यसमा खस आर्यबाट मुकुन्द न्यौपाने, जनजातिबाट विजय सुब्बा, थारुबाट हनुमान चौधरी र मुस्लिमबाट समिममियाँ अन्सारी प्रतिनिधिसभामा जान सक्ने छन्।