PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सगरमाथाको उचाई नाप्न सिरहा जाँदै मापन टोली



रासस

सगरमाथाको उचाई नाप्न सिरहा जाँदै मापन टोली

काठमाडौं: सर्वोच्च शिखर सगरमाथा मापनको कार्यले गति लिन शुरु गरेको छ। 

सगरमाथाको उचाइ नाप्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले 
आज लेभलिङका लागि पहिलो चरणमा पाँच सदस्यीय प्राविधिक टोली सिरहास्थित नेपाल–भारत सीमा मदार पठाएको हो। 

सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले १३ सदस्यीय प्राविधिक टोली सो कामका लागि जाने जानकारी दिँदै बाँकी प्राविधिक माघ २९ गतेसम्म मदार पुग्ने बताए। 

मदारसम्मको लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागले जनाएको छ। 

यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ। टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ। 

संयोजक डंगोलले भने, ‘‘टोली आज काठमाडौँबाट हिँडेको छ, सम्भवतः भोलिबाटै काम शुरु हुन्छ।’’ 

ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ। २०७२ वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङ्मा असर पुगेको÷नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell